मुख्य सामग्रीमा जानुहोस्
Sajilo Venue Booking
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
खानासहितको विवाह प्याकेज
1 / 60
शुभ विवाह Marriage

खानासहितको विवाह प्याकेज

Rs. 99,000 30 पाहुनासम्म

के-के समावेश छ · 11

  • videographer
  • Mandap
  • Stage
  • Photographer
  • Guru Pandit गुरु पण्डित
  • Makeup
  • Mandap
  • 🍗 Special Non-Veg Feast Menu
  • २१स्ट हल — २१स्ट रेस्टो
  • काली मन्दिर वेनु स्पोर्ट — काली मन्दिर
  • सजिलो मिनी पार्टी प्लेस — सजिलो बिहे

हरेक प्याकेज मिलाउन सकिन्छ — कुरा थप्नुहोस् वा हटाउनुहोस्, हामी मूल्य मिलाइदिन्छौँ।

💍 खानासहित विवाह प्याकेज – रु. ९९,००० मात्र

🏛️ १. हल तथा सजावट

* मिनी पार्टी प्यालेस वा होटलमा विवाह कार्यक्रम।
* कृत्रिम फूल र सजाइएको कपडासहित मण्डप तथा स्टेज।

📸 २. फोटो तथा भिडियो

* ५००+ डिजिटल फोटो (एल्बम समावेश छैन)।
* १५ मिनेटको विवाह भिडियो।
* फोटो तथा भिडियो एडिट गरेर Google Drive मार्फत उपलब्ध गराइनेछ।
* पेनड्राइभ उपलब्ध गराइने छैन।

🙏 ३. पूजा सामग्री तथा माला
विवाह पूजाका लागि आवश्यक सामग्री:

* धान, चामल, सेलरोटी, फलफूल, दही, टपरी, रेखीको पिठो, केशरी, अबिर, कलश, गाग्री, ताउलो, गाईको गोबर, घिउ, मह, अगरबत्ती, तिल, जौ, फूल आदि।
* बेहुला–बेहुलीका लागि दुबो तथा गुलाबको माला।

💄 ४. मेहन्दी, मेकअप तथा कपडा

* मेहन्दी विवाहको अघिल्लो दिन लगाइनेछ वा आफैँले लगाउन सकिनेछ।
* बेहुलीको मेकअप कार्यक्रम सुरु हुनुभन्दा २ घण्टाअघि गरिनेछ।
* नयाँ कपडा आफैँले किन्नुपर्नेछ।
* हामीसँग उपलब्ध कपडा प्रयोग गर्दा अतिरिक्त शुल्क लाग्दैन। ती कपडा नयाँ नभए पनि नयाँजस्तै देखिनेछन् र विवाहपछि फिर्ता गर्नुपर्नेछ।

👰 ५. बेहुली पक्षले व्यवस्था गर्नुपर्ने कुरा

* कर्ता बस्ने व्यक्ति तोकिएको समयमा उपस्थित हुनुपर्नेछ।
* चढाउने रकम, गुरु दक्षिणा र गोडधुने रकम।
* बेहुलालाई दिने पोसाक (इच्छाअनुसार)।
* जन्तीलाई लगाउने टीका, खाम तथा दक्षिणा।

🤵 ६. बेहुला पक्षले व्यवस्था गर्नुपर्ने कुरा

* स्वयंवरको औँठी, लगनको पोते तथा सुन (इच्छाअनुसार)।
* सिन्दुर, सिन्दुर राख्ने सेतो कपडा, बेहुलीको शृङ्गार सामग्री तथा लगनगाँठोको कपडा।
* लाजभुट्ने रातो कपडा।
* जुत्ता लुकाउँदा सालीलाई दिने रकम।
* बेहुला आउने गाडी सजावट आवश्यक भएमा अतिरिक्त शुल्क लाग्नेछ। यो सेवा हामीमार्फत उपलब्ध हुनेछ।

🍽️ ७. खानाको मेनु (३० जनासम्म)
बुफे सेट मेनु:

* पुलाउ
* मटन ग्रेभी
* चिकेन रोस्ट
* राजमा
* मिक्स भेज करी
* साग
* नेवारी अचार
* गोलभेँडाको अचार
* हरियो सलाद
* पापड

🍰 मिठाई

* दही
* जेरी

➕ ३० जनाभन्दा बढी भएमा प्रतिव्यक्ति रु. १,२०० अतिरिक्त शुल्क लाग्नेछ।

⏰ ८. कार्यक्रमको समय

* प्याकेजमा 5 घण्टा समावेश हुनेछ।
* थप समय आवश्यक परेमा प्रतिघण्टा रु. ६,५०० लाग्नेछ।

💳 ९. भुक्तानी प्रक्रिया

* बुकिङ गर्दा ५०% अग्रिम भुक्तानी गर्नुपर्नेछ।
* बाँकी रकम कार्यक्रम सम्पन्न भएको दिन बेलुका बुझाउनुपर्नेछ।

📌 १०. महत्त्वपूर्ण जानकारी

* कार्यक्रमको स्थानअनुसार अतिरिक्त खर्च लाग्न सक्छ।
* हाम्रो तोकिएको स्थानमा कार्यक्रम गर्दा खाना समावेश हुनेछ।
* काठमाडौं उपत्यकाभित्र हाम्रो तोकिएको स्थानबाहेक अन्य स्थानमा कार्यक्रम गर्दा खानाको व्यवस्था प्याकेजमा समावेश हुनेछैन।

❌ ११. बुकिङ रद्दसम्बन्धी नियम

* बुकिङ गरेको भोलिपल्ट रद्द गरेमा १५% रकम कटौती गरी बाँकी रकम फिर्ता गरिनेछ।
* भोलिपल्टपछि अन्य दिन रद्द गरेमा ७५% रकम कटौती गरी बाँकी रकम फिर्ता गरिनेछ।
Rs. 99,000 whole package
यो प्याकेज बुक गर्नुहोस्